थप ३१५ जनामा कोरोना सङ्क्रमण, ३०४ जना निको भए « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

थप ३१५ जनामा कोरोना सङ्क्रमण, ३०४ जना निको भए



काठमाडौँ । मङ्गलवार गत २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ पीसीआर परीक्षणमा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टिजेन परीक्षणमा ४३ जना गरी कुल ३ सय १५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना भाइरस सनको भएका छन् । हाल देशभर ६ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २ जनाको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको छ ।

हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख २३ हजार १ सय २ जना रहेका छन् । जसमध्ये ८ लाख ५ हजार २ सय ५ जना निको भएका छन् भने ११ हजार ५ सय ४५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्