केएफसीको तेह्रौ शाखा हेटौडामा « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

केएफसीको तेह्रौ शाखा हेटौडामा



काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौ शाखा बिस्तार गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचय बनाको छ ।

यस आउटलेटमा केएफसिका बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको स्वाद लिन सकिने कम्पनिले जनाएको छ ।

केएफसीले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरेको कम्पनिले जनाएको छ ।

१८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्