२० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

२० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाले भोलि दिउसो २ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् ।

असार मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिल शुक्रवार खरिद गरिने राष्ट्र बैङ्कले जनाएको छ । सूचना अनुसार काउन्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गरी  मूल्यमा बोलकबोल गर्नु पर्ने छ । 

काउन्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी विल  सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा बैङ्कले खरिद गर्न बैकद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

बोलकबोलमा संलग्न काउन्टर पार्टीले बिहीबार २तः१५ बजेभित्र बोलकबोल गरेका ट्रे जरी बिल्सको सक्कलै प्रति बैङ्कमा बिक्रीका लागि दाखिला गर्नुपर्नेछ । उक्त समयमा दालीखा नगर्नेले बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा ब्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउने बैङ्कले जनाएको छ ।

61b094fed192d.jpg


प्रतिक्रिया दिनुहोस्