बढ्दैछ खोपको माग, पाँच वर्षमा आयात १८ गुणाले बढ्यो « Arthapath.com
८ पुष २०७८, बिहीबार

बढ्दैछ खोपको माग, पाँच वर्षमा आयात १८ गुणाले बढ्यो



काठमाडौं । कोरोनाको जोखिम बढेपछि मुलुकभर खोपको माग बढ्न थालेको छ । केहि बर्ष अघिसम्म करोड रुपैयाँमा आयात हुने खोपहरु अहिले अर्ब बढी रुपैयाँले आयात भइरहेको भन्सार विभागले जनाएको छ ।

कोरोनाका खोपहरुका कारण आयात बढेको विभागको भनाइ छ । पाँच बर्षअघि ५४ करोड रुपैयाँको खोपहरु आयात हुने आर्थिक बर्ष २०७८/७९ सम्म आइपुग्दा १५ अर्ब रुपैयाँ बढीले आयात भएको छ । विभागको तथ्याकं अनुसार गत बर्षलाई मात्र आधार मान्ने हो भने १८ गुणा बढी रुपैयाँले आयात बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याकंका अनुसार गत बर्षको सोही अवधीलाई आधार मान्दा १८ गुणा बढी रुपैयाँले खोपहरुको आयात बढेको हो ।

पछिल्लो समय नेपालमा कोरोनाको माहामारीले मानवीय क्षती अकल्पनिय रुपमा भयो । जुन मानिसले सोचेको भन्दा बाहिरी रहेको थियो । त्यस पश्चात् नेपालले विभिन्न देशलाई खोपको सहयोग मागेको देखिन्छ । त्यहि सहयोगलाई हेर्ने हो भने मानवीय प्रयोगको लागि खोपको आयात बढेको हुनसक्ने विभागले जानकारी दिएको छ ।

भन्सार विभागकै तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा नेपालले १५ अर्ब ३५ करोड ८२ लाख रुपैयाँभन्दा बढीको खोपको आयात गरेको देखिन्छ । यो खोप लगभग १६ देशहरुबाट आयात गरेको तथ्यांकमा उल्लेख छ । जुन १ लाख ७६ हजार ५३५ किलोग्राम खोप नेपालले आयात गरेको हो ।

यस्तो छ पाँच बर्षमा पाँच महिना भित्र खोप आयातको तथ्यांक

आर्थिक बर्ष २०७४/७५ मा ५४ करोड रुपैयाँको मानव उपयोगका लागि खोपहरु आयात भएका थिए । जुन २५ हजार २३२ किलोग्राम आयात भएको थियो ।

त्यस्तै आ.व. २०७५/७६ मा खोपहरुको माग बढेको थियो । जुन १ अर्ब २ करोड रुपैयाँको २० हजार ६९३ किलोग्राम खोपहरु आयात भएका थिए ।

भने आ.व. २०७६/२०७७ मा आयातको किलोग्राम बढे पनि मुल्य घटेको देखिन्छ । जुन ८७ करोड रुपैयाँका ६१ हजार ८२३ किलोग्राम खोपहरु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै २०७७/७८ मा २८ हजार ४७८ किलोग्राम खोपहरु ८५ करोड २५ लाख रुपैयाँको खोपहरु आयात भएका थिए । भने चालु आवमा १ लाख ७६ हजार ५३५ किलोग्राम खोपहरु १५ अर्ब ३५ करोड ५८ लाख बराबरको खोपहरु नेपालले आयात गरेको विभागको तथ्याकंमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्