दोहोरो लगानी भएका लघुवित्तलाई मर्जरको कार्ययोजना असार मसान्तभित्र पेश गर्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
१९ पुष २०७८, सोमबार

दोहोरो लगानी भएका लघुवित्तलाई मर्जरको कार्ययोजना असार मसान्तभित्र पेश गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्तले असार मसान्सम्म कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

सोमबार एक सूचनाजारी गर्दै राष्ट्र बैंकले “इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न–गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ ।”

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्