फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती « Arthapath.com
२ माघ २०७८, आईतवार

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती



काठमाडौं । खाध्य अधिकार, खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा निति वकालत र पैरवि गर्ने संस्था फियान नेपालको अध्यक्षमा सामाजिक अभियन्ता गोकर्ण रुपाखेती निर्वाचित भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शकर, महासचिवमा राम बहादुर पुन, सचिवमा मदन जिशि, कोषाध्यक्षमा होमा डिसि लगायत ९ सदस्ययी कार्यसमिति चयन भएको छ ।

सरकारको दिगो विकास लक्ष्यको क्षेत्र नं. २ लाई पुरा गर्नको लागि फियानले बिभिन्न गतिविधिहरु मार्फत प्रत्यक्ष रुपमा योगदान पुर्याउदै आएको छ । राष्ट्रिय स्तरमा खाध्य अधिकारको क्षेत्रमा कार्य गर्ने एक ससक्त संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न यस संस्था सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्