नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के-के छन् विशेषताहरु ? « Arthapath.com
२ माघ २०७८, आईतवार

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के-के छन् विशेषताहरु ?



काठमाडौं । नेपाल टेलीकमले विन्टर अफर २०७८ ल्याएको छ । भोली सोमबारबाट लागु हुनेगरि टेलीकमले विन्टर अफर ल्याएको हो ।अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज उपलब्ध गराउने भएको छ ।

पहिले २८ दिनका लागि ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने टेलीकमले जनाएको छ । यसमा ग्राहकले अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा ९प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी० लगायका सेवाहरु पाउने छन् । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको छ ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु। २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।


यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल विभिन्न जानकारी पाउन सक्ने टेलीकमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्