बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर दोस्रो बजारमा कतिमा भयो कारोबार ? « Arthapath.com
४ माघ २०७८, मंगलवार

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर दोस्रो बजारमा कतिमा भयो कारोबार ?



काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी को पहिलो कारोबार भएको छ । यस दिन कम्पनिको शेयर प्रत्तिकित्ता २४६ रुपैयाँ ७० पैसामा दोस्रो बजारमा शेयर कारोबारमा आएको हो ।

कम्पनिको शेयरलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो । यसै आधारमा रहेर कम्पनिको शेयर दोस्रो बजारमा कारोबारमा आएको हो ।

आइतबार नेप्सेमा कम्पनिको सर्वसाधारणलाई निष्काशन तथा विक्री गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।

हाइड्रोपावरले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। निष्काशन गरेको ३ महिनापछि शेयर दोस्रो बजारमा कारोबारमा आएको हो ।

हिजो सोमबार स्पेशल प्रि ओपन सेसनमा धितोपत्र म्याचीङ्ग नभएपछि कारोबार हुनु सकेको थिएन । आज स्पेशल प्रि ओपन सेसनमा धितोपमा म्याचीङ्ग भएपछि दोस्रो बजारमा कारोबारमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्