एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि « Arthapath.com
४ माघ २०७८, मंगलवार

एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । मंगलबार थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या म्न्त्रालयका अनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परिक्षणमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ६८ हजार २ सय १५ जना पुगेको छ । आज हालसम्मकै सबैभन्दा धरैै कोरोना संक्रमित पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा थप ५६२ जना निको भएका छन् भने १ जनाको मुत्यु भएको भएको छ । अहिले देशभर ३९ हजार ४४ जना संक्रिय संक्रमित रहेका छन् । यो संगै हालसम्म कोरोना संक्रमणमुक्तत हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्