मलेसियन ब्राण्डका विद्युतीय सामग्री नेपाल भित्रीयो « Arthapath.com
४ माघ २०७८, मंगलवार

मलेसियन ब्राण्डका विद्युतीय सामग्री नेपाल भित्रीयो



काठमाडौ । मलेसियन ब्राण्डका विद्युतीय सामग्री नेपालमा भित्रिएको छ । करिब ६० वर्षदेखि आफ्ना उत्पादन बजारमा ल्याएको खिण्ड ब्राण्डका विद्युतीय उपकरण नेपाली बजारमा आएको छ ।

सस्टेनेवल एप्लाइन्सेज नेपाल प्रालिले खिण्ड ब्राण्डका सामाग्रीहरू नेपालमा आपूर्ति गरि बजारमा लाएको कम्पनिले जनाएको छ । उक्त सामानहरुको शुरूमा काठमाडौंबाट शुरू गरिएको आपूर्तिलाई अहिले पोखरा, चितवनलगायतका शहरहरुमा पनि विस्तार भएको छ ।

खिण्ड ब्राण्डका मध्यम वा सो भन्दा माथि आय भएका ग्राहकलाई लक्षित गरेरसामानहरु नेपाली बजारको लागि आयात गरिएको संस्थाका प्रमुख रविन सुवेदीले बताए ।

सस्टेनेवल एप्लाइन्सेज नेपाल प्रालिले एयर कन्डिस्नर, एयर फ्रायर, फ्यान, इन्डक्सन चुल्हो, मल्टी कुकर, कफी मेकर, राइस कुकर लगायत विभिन्न सामानहरु नेपालमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्