भाडामा बस्नेसँग बढी महसुल लिने घरधनीको विद्युत् लाइन काटिने « Arthapath.com
५ माघ २०७८, बुधबार

भाडामा बस्नेसँग बढी महसुल लिने घरधनीको विद्युत् लाइन काटिने



काठमाडौंं । घरधनीले घरभाडामा बस्ने व्यत्तिसँग बढि महसुल लिएमा विद्युत् लाइन काटिने भएको छ । घरधनीहरुले नेपाल विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था प्राधिकरणले गरेको हो ।

पछिल्लो समय घरधनीहरुले घरभाडामा बस्नेहरुसंग प्राधिकरणले तोकेको भन्दा बढि महसुल असुल गदै आएको गुनाहरु आउन थालेपछि उक्त व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी प्राधिकरणले भाडामा बस्ने व्यक्तिले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन पाउने व्यवस्था पनि गरेको छ । भाडामा बस्नेले छुटै मिटर जडान गरेमा अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा पाउने छन् ।

भाडामा बस्नेले छुटै मिटर जडान गर्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता आवश्यक र्पो छ । त्यसैगरी भाडामा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएको सिफारीस, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था जस्ता शर्तहरु पुरा गरेर छुटै मीटर जडान गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्