४ कम्पनीको १ करोड १४ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
६ माघ २०७८, बिहीबार

४ कम्पनीको १ करोड १४ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेप्सेमा ४ कम्पनिको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । आज विहिबार नेप्सेमा ४ अलग अलग कम्पनिको १ करोड १४ लाख ९१ हजार ८ सय ८९ कित्ता बोन शेयर नेप्सेम सूचीकृत भएको हो । आज नेप्सेमा गुरास लघुवित्त वित्तिय संस्था, साधना लघुवित्त आशा लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर नेप्सेमा सुचिकुत भएको छ ।

यस दिन गुरास लघुवित्तको १६.९०६४ प्रतिशतले हुने १ लाख ४१ हजार कित्ता बोनस शेयर नेप्समो सूचीकृत भएको छ । त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश शेयर बापत हुने ६ लाख ४२ हजार ४५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंकको १३.३ प्रतिशतले हुने १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर र आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशतले हुने ६ लाख ६७ हजार ८२८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्