३३ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ७७ करोडको कारोबार « Arthapath.com
६ माघ २०७८, बिहीबार

३३ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ७७ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन शेयर बजार ३३ अंकले बढेको छ । यस दिन शेयर बजार ३३.०३ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २९३१.३४ अंकमा पुगेर बजार बन्द भएको छ ।

बिहिबार दिनभर २ सय २९ कम्पनिको १५ करोड ९८ लाख ९ हजार ७ सय ४४ कित्ता शेयर ७५ हजार ५ सय ८२ पटक किनबेच हुदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन मैलुङ्ग खोला र तेह थुम पावर कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपाल हाईड्रोपारका लगानिकर्ताले पनि ९.९७ प्रतिशका दरले कमाएका छन् ।

यस दिन आइएमई जनरल इन्स्योरेन्सका २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको १८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्