हालसम्म कै उच्च १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि « Arthapath.com
६ माघ २०७८, बिहीबार

हालसम्म कै उच्च १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिनमा हाल सम्म कै उच्च हो । २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ८७ हजार ७६९ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कूल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ८ लाख १८ हजार ८०९ जना रहेका छन् ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा १२५ जना क्वारेन्टाइनमा छन् ।


प्रतिक्रिया दिनुहोस्