एकैदिन १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु « Arthapath.com
७ माघ २०७८, शुक्रबार

एकैदिन १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा गरिएको परिक्षणमा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ८९ हजार ५ सय ८४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मुत्यु भएको छ भने ७ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल देशभर ६५ हजार ५ सय ७४ जना संक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्तमणबाट हालसम्म ११ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ८ लाख १९ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्