भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जना र नौ कम्पनीविरुद्ध मुद्दा « Arthapath.com
१२ माघ २०७८, बुधबार

भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जना र नौ कम्पनीविरुद्ध मुद्दा



काठमाडौं । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जनाविरुद्ध मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध मुद्धा दायर गरेको हो ।

आयोगले अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ९ जना कर्मचारी, विभिन्न ९ उद्योग र तिनका ९ सञ्चालकविरुद्ध १ अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माईनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्र कुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्ट लिमिटेड, अन्नपूर्ण क्वायरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चभन क्वेरिज र डोलोमाइट चुनढुंगा उद्योगविरुद्धसमेत मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्