काठमाडौं उपत्यकामा शुक्रबार २ हजार ९ सय ४० जनामा संक्रमण « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

काठमाडौं उपत्यकामा शुक्रबार २ हजार ९ सय ४० जनामा संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार २ हजार ९ सय ४० जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज देशभरि ६ हजार ८ सय २७ जना संक्रमित भेटिँदा उपत्यकामा २ हजार ९ सय ४० जना संक्रमित भेटिएका हुन्।

यसमध्ये काठमाडौंमा २ हजार १ सय ५३ जना, ललितपुरमा ५ सय १९ र भक्तपुरमा २ सय ६८ जना संक्रमित भेटिएका हुन्।

उपत्यकामा बिहीबार उपत्यकामा ३ हजार १ सय ४३ जना कोरोना संक्रमित भेटिएका थिए। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस्