फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२२” सार्वजनिक « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२२” सार्वजनिक



फ्याक्ट्स वर्ष पुस्तकको सातौं संस्करणको बिमोचन

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स प्रा. लि. ले FACTS of NEPAL 2022 पुस्तकको अनावरण गरेको छ । यो पुस्तक इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृङ्खला FACTS of NEPAL को सातौं संस्करण हो ।

FACTS of NEPAL ले नेपालका सामाजिक क्षेत्रहरुको विस्तृत दयारामा परिक्षित तथ्याङ्क र सूचनाहरूको पूर्ण उपकरणको रूपमा काम गरेको छ । यो संस्करणमा देशका सामाजिक, राजनीतिक, वातावरणीय, र आर्थिक क्षेत्रहरूको अवस्थाको बारेमा विस्तृत तथ्याङ्क र इन्फोग्राफिक्स समावेश छ ।

यो संस्करणले कुल २२ क्षेत्रहरूलाई समेटेको छ, जसले पाठकहरूलाई देशको व्यावसायिक, सामाजिक, विकास र राजनीतिक क्षेत्रहरूमा विस्तृत जानकारी र अन्तर्दृष्टि प्रदान गर्दछ । यो पुस्तकमा उपयोगी तथ्याङ्क र अन्तर्दृष्टिहरूलाई दृश्यात्मक रूपमा आकर्षक इन्फोग्राफिक्सको रूपमा राखिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।

तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।

यो संस्करणको मूल्य ने.रु. ५०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुका साथै केहि अनलाइन पसलहरुमा पनि यो पुस्तक उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्