आरएमडीसी लघुवित्तको नाफा ४६.८५ प्रतिशत बढेसँगै ईपीएस ४.९६ रुपैयाँ बृद्धि, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२४ माघ २०७८, सोमबार

आरएमडीसी लघुवित्तको नाफा ४६.८५ प्रतिशत बढेसँगै ईपीएस ४.९६ रुपैयाँ बृद्धि, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६.८५ प्रतिशत बढेर १६ करोड ८५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ४७ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.८८ प्रतिशत बढेर २७ करोड ७४ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २० करोड १२ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ४३.४९ प्रतिशत बढेर २३ करोड ४९ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ३७ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ, जगेडा कोष १२.१२ प्रतिशत घटेर ९८ करोड ९२ लाख ७० हजार रुपैयाँ, निक्षेप २३.४९ प्रतिशत घटेर २७ करोड ३६ लाख ४८ हजार रुपैयाँ र कर्जा १३३.९४ प्रतिशत बढेर २ करोड २२ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको सापटि रकम गत आर्थिक बर्षको यस अवधिमा ३५ करोड ७६ लाख ४६ हजार रुपैयाँ रहेकोमा चालु आवमा २७ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ३० करोड ४९ लाख ५५ हजार रुपैयाँ छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा बढेर २७ रुपैयाँ १५ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ७.६५ प्रतिशत र खराब कर्जा ०.०५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्