बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी « Arthapath.com
२६ माघ २०७८, बुधबार

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी



बाँके, माघ २६ । बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो ।

बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए । तीन नम्बर ब्लकमा काम भइरहेको छ । त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ । एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चाररचार वटा क्यामेरा चोरी भएको छ ।

६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ रहेको छ । घाँस काट्न गएका, चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्