जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित « Arthapath.com
२३ फाल्गुन २०७८, सोमबार

जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित



काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो

उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।

प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरमा प्रस्तुति भट्टराई र वर्षा तामाङ सम्मानित भएकी छिन् । त्यस्तै अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी भने कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमालले पाएकी छिन् । ज्योति स्कलरशिप अवार्डबाट वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल र वुमन इन टेक स्कलर शिप सुक्रिती मास्केले पाएकी छिन् । त्यस्तै इन्द्रकला स्कलरशिप अवार्डबाट योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ र वुमन इन स्पेस मनिषा दावा पाएकी हुन् ।

जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भनीन्, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ ।

एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”

त्यस्तै “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,०००/ रुपैयाँ प्रदान गरेको छ ।

रेजिना बस्नेत साझा यातायातको टिकट कलेक्टर, सरिता चेपाङ रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स, जहाँँ २० वर्षमै छोरीहरुको विवाह गरिन्छ । त्यस्तै इश्वरी थापा विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आएकी महिला ट्याक्सी ड्राइभर र मनु थामी पुरुषहरुले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मीलाई सहयोग गरेका हुन् ।

परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्