९० प्रतिशत लाभांश पारितका लागि केसीएल डेभलपर्सको साधारण सभा कहिले ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

९० प्रतिशत लाभांश पारितका लागि केसीएल डेभलपर्सको साधारण सभा कहिले ?



काठमाडौं । केसीएल डेभलपर्स लिमिटेडको वार्षिक साधारण सभा जेठ ४ गतेका लागि बोलाएको छ । फागुन ३० गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं १ हात्तिसारमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले २०७८ अषाढ समान्तमा कायम चुक्ताँ पूँजी ३ करोड रुपैयाँको ९० प्रतिशतले हुन आउने २ करोड ७० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७।०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्