नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफा सामान्य घट्न पुगेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ७.६३ प्रतिशतले घटेर ५अर्ब ४३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको सेवा ब्यापापबाट २७ अर्ब ४५ करोड रुपैयाँबाट बढाए २८ अर्ब २१ करोड रुपैयाँ कमाएको छ । साथै अन्य स्रोतबाट हुने आम्दानी ४ अर्ब २२ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशतले बढेर १८ अर्ब, रिजर्भ कोष ७४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्मका कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ ५११ रुपैयाँ ७७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्