जनउत्थान सामुदायिक लघुवित्तले ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर (सूचना सहित) « Arthapath.com
५ जेष्ठ २०७९, बिहीबार

जनउत्थान सामुदायिक लघुवित्तले ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर (सूचना सहित)



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको हो । लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै ७ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले नायव कार्यकारी प्रमुखमा १ जना, सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृत कनिष्ठ अधिकृत (संचार तथा सूचना प्रविधि विभागीय प्रमुख)मा १ जना, कनिष्ठ अधिकृत केही, करिष्ठ सहायक सहायकमा केही र कनिष्ठ सहायक प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो ।

जसका लागि लघुवित्तले शैक्षिक योग्यता एसइई उत्तिणदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा बैंकिङ क्षेत्रमा अनुभव बटुलेको कर्मचारी माग गरेको छ । ब्यवस्थापक, बैकिङ, वित्तीय, मौद्रीक, अर्थशास्त्र, चार्टड एकाउन्टस, जनप्रशासन वा कानुन पढेकोलाई विषय प्राथमिकता दिने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ५ गते) ले १५ दिन भित्र कम्पनीको वेभसाइट www.jucbank.com.np मार्फत फारम डाउनलोड गरी संस्थाको केन्द्रिय कार्यालय बुटवल १२ कालिकानगर रुपन्देही तथा अन्य शाखा कार्यालय वा संस्थाको इमले [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्