धरानमा आफ्नै आमाको हत्या गरेको अभियोगमा सौगात सुबेदी पक्राउ « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

धरानमा आफ्नै आमाको हत्या गरेको अभियोगमा सौगात सुबेदी पक्राउ



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका वडा १४ मा आफनै आमाको हत्या गरेको आरोपमा एक ब्यक्ति प्रक्राउ परेका छन् । आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्