पेट्रोलको मुल्य घटेको भोलीपल्टै घट्यो गाडी भाडा, कुन ठाउँको कति पर्छ ? « Arthapath.com
२० जेष्ठ २०७९, शुक्रबार

पेट्रोलको मुल्य घटेको भोलीपल्टै घट्यो गाडी भाडा, कुन ठाउँको कति पर्छ ?



काठमाडौं । यातायात ब्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ ।

विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

https://drive.google.com/file/d/1IsjQmGT1JYdMjgQhlx76rDP_Xzs4YHqH/view


प्रतिक्रिया दिनुहोस्