सिभिल क्यापिटलको कामु सीईओमा घिमिरे नियुक्त « Arthapath.com
१२ असार २०७९, आईतवार

सिभिल क्यापिटलको कामु सीईओमा घिमिरे नियुक्त



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा घिमिरे नियुक्त भएकी छिन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कामु सीईओमा सोभाना घिमिरेलाई नियुक्त गरेको हो ।

बैंकले कामु सीईओ घिमिरेलाई असार १ गते पठाएको थियो । क्यापिटलको सञ्चालक समितिको बैठकले असार ३ गते स्वीकृत गरेको क्यापिटलले जनाएको छ । संचालक समितिको हस्तक्षेपका कारण गत असार १ गते सिभिल क्यापिटलबाट झनकराज ढुङ्गेलले सीईओ पदबाट राजीनामा दिएका थिए ।

ढुङ्गेलले राजीनामा दिएपछि तत्कालका लागि अर्काे ब्यवस्था नहुञ्जेलसम्म बैंकले कामु सीईओमा घिमिरेलाई पठाएको हो । सञ्चालक समितिले क्यापिटलका लागि सीईओ खोजिरहेको बताएको छ ।

कामु सीईओ घिमिरे चार्टर्ड एकाउण्टेट (सीए) हुन् । उनी गत माघदेखि सिभिल बैंकमा स्ट्राटेजी म्यानेजमेन्ट अफिसरको जिम्मेवारी सम्हाल्दै आएकी थिईन् । उनले बैंकिङ्ग यात्रा भने एनआईसी एशिया बैंकबाट शुरु गरेकी हुन् । एनआईसी एशिया बैंकमा उनले क्रेडिट अफ रिपो डिपार्टमेन्टमा ४ बर्ष काम गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्