सिद्धार्थ क्यापिटलको कामु सीईओमा कार्की नियुक्त, १७ बर्षको अनुभव « Arthapath.com
१२ असार २०७९, आईतवार

सिद्धार्थ क्यापिटलको कामु सीईओमा कार्की नियुक्त, १७ बर्षको अनुभव



काठमाडौं । सिद्धार्थ क्यापिटलको कामु सीईओमा सन्दिप कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले कार्कीलाइै जेष्ठ १८ गतेदेखी कामु सीईओको जिम्मेवारी दिएको हो ।

यसअघि सीईओ रहेका चन्दन कार्कीले एक बर्ष नपुग्दै राजीनामा दिएका हुन् । क्यापिटलको सीईओबाट कार्की जेष्ठ १७ गते विदा भएका हुन् । पूर्व सीईओ चन्दन कार्की कुमारी बैंकको चिफ बिजनेश अफिसर (सीबीओ) मा नियुक्त भइसकेका छन् । पूर्व सीईओ कार्की २७ भदौ २०७८ मा क्यापिटलको सीईओमा नियुक्त भएका थिए ।

कामु सीईओ कार्कीले काठमाडौं युनिभर्सिटीबाट एमबीएसम्मको अध्ययन गरेका छन् । कार्कीसँग बैंकिङ्ग क्षेत्रमा झण्डै २ दशक काम गरेको अनुभव छ । कार्कीको बैंकिङ्ग करियर भने एनएमबि बैंकबाट शुरु भएको हो । उनले नबिल इन्भेष्टमेन्ट, कृति क्यापिटल र सिद्धार्थ क्यापिटल गरी बैंकिङ्ग र मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा १७ बर्षभन्दा बढी काम गरिसकेका छन् । यसअघि उनी क्यापिटलको सीओओ रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्