‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु « Arthapath.com
१७ असार २०७९, शुक्रबार

‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु



काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन आज शुक्रबारदेखि सुरु भएको हो ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । आइसिटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार, आइसिटी अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले मंसिरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेशन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन ।

आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

यस वर्ष आयोजकले गत चैत र जेष्ठ महिनामा सातौ प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरिय उत्कृष्ट स्टार्टअपहरु छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए । ११ विधा वाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन । यसैगरी अन्तराष्ट्रि«य स्तरलाई पनि लक्षित गरेर केहि समय पश्चात कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।

यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढि स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौ स्टार्टअपहरुको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ । गत वर्ष आयोजना भएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो । गतवर्ष स्टार्टअप आइसिटी अवार्ड खेतीले प्राप्त गरेको थियो भने प्रडक्ट आइसिटी अवार्ड प्राप्त गरेको थियो । मुशुरले राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ प्राप्त गरेको थियो ।

मनोहर भट्टराई, बिनय बोहोरा, प्रशन्न ढुंगेल र गुण केशरी प्रधानले क्रमश पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ प्राप्त गरेका थिए । भुमि व्यवस्थापन विभाग, नेपाल क्लियरिङ हाउसले गतवर्ष क्रमश डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस अवार्ड प्राप्त गरेका थिए । यसैगरी कालिका मानवज्ञान र रातो बंगला स्कुलले डिजिटल एजुकेशन आइीसटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरको अवार्ड प्राप्त गरेका थिए । आइसिटी अवार्ड २०२१ मा ५०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।

आयोजकले वुधवार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनको लागि सुझावहरु दिएका थिए । आइसिटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यत्ति र सस्थाहरुलाई सम्मान गर्ने महत्वपुर्ण कार्यक्रमको रुपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए । यसैगरी जुरी समितिका शुसिल पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरु मध्ये आइसिटी अवार्डको छुट्टै चार्म रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरुको लागि महत्वपुर्ण प्लाटफर्मको विकास गरेको बताए ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

यि हुन आइसिटी अवार्ड २०२२ का ११ विधाहरु
आइसिटी अवार्ड २०२२ मा ११ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट ictaward.org मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ । आवदेनको समयअवधि यहि साउन ३१ सम्म रहको छ ।

१. स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२. प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७८ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

४. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा आफै वा अरु कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

५. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

६. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

७. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य सरकारी संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्