कृषि सहकारी संस्थाका अध्यक्ष लिम्बुसहित ११ जना विरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर « Arthapath.com
२८ असार २०७९, मंगलवार

कृषि सहकारी संस्थाका अध्यक्ष लिम्बुसहित ११ जना विरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ११ जना विरुद्ध मुद्धा परेको छ । मंगलबार विशेष अदालत काठमाडौंमा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बुसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

पशु सेवा विभाग पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट विगत आर्थिक वर्षमा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ०५ जिरीखिम्ति माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएको थियो । उक्त निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

आ.व. २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२ बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९ को दफा ८(१)(ङ), दफा ८(४) र दफा १९(२) बमोजिमको कसुर भएको हुँदा उल्लेखित कसुरमा संलग्न कर्मचारी, सहकारी संस्था र कन्सलटेन्सीका सञ्चालकउपर देहायबमोजिमको मागदाबी लिइएको छ ।

प्रेस विज्ञप्ति

पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत आ.व.मा पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएकोमा इष्टिमेटबमोजिमको निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२ बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९ को दफा ८(१)(ङ), दफा ८(४) र दफा १९(२) बमोजिमको कसुर भएको हुँदा उल्लेखित कसुरमा संलग्न कर्मचारी, सहकारी संस्था र कन्सलटेन्सीका सञ्चालकउपर देहायबमोजिमको मागदाबी लिइएको छ ।

देहायः

(१) पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले आ.व. २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी स्थलगत अनुगमन र नापजाँच बिना आफुहरुलाई फाइदा हुने र नेपाल सरकारलाई रु.४७,३७,६२९।६२ हानी पु¥याउने गलत मनसाय राखी बदनियतपूर्ण तवरले निर्माण सम्पन्न गरेको कार्यभन्दा बढी कार्य गरेको देखाई बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु बलराम थापा क्षेत्री, रामप्रसाद बँजगाई र पूजा शर्मालाई जनही रु. ४७,३७,६२९।६२ (सड्चालीस लाख सैतीस हजार छ सय उनान्तीस रुपैया बैसठ्ठी पैसा) बिगो कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको बिगोसमेत निजहरुबाट ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम नै असुलउपर हुन समेत मागदाबी लिइएको छ ।
(२) किराँत याकथुम चुमलुङ (कि.या.चु.) कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले आ.व. २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा आफुहरुलाई फाइदा हुने र हुँदै नभएको कामको गलत मनसाय राखी बदनियतपूर्ण तवरले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निजहरु गणेश कुमार लिम्बु, तेजमान कन्दङ्वा र गणेश बहादुर सोदेम्बालाई जनही रु. ४७,३७,६२९।६२ (सड्चालीस लाख सैतीस हजार छ सय उनान्तीस रुपैया बैसठ्ठी पैसा) बिगो कायम गरी ऐ.ऐनको दफा ८(४) बमोजिम कैद सजाय र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको बिगो बमोजिम जरिवाना गरी बढी भुक्तानी लिएको बिगो रकम ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम निजहरुबाट जफत हुनसमेत मागदाबी लिइएको छ ।

(३) LIFE TIME ENGINEERING SOLUTION PVT. LTD., KATHMANDU  का सञ्चालक रोशन भट्टराईले आ.व. २०७३÷०७४ मा पशुहाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला म्याङलुङ, नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाई बदनियतपूर्ण तरिकाले आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पु¥याउने गरी भए गरेको कुरा लुकाई नगरेको कुरा भएगरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रोशन भट्टराईलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्