राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कर्मचारी माग गरेको छ । बोर्डले ८ पदका लागि ७३ जना कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भई बोर्ड र बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका निम्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्ने लागेको हो । बोर्डले महाशाखा प्रमूख, उप सचिव, शाखा अधिकृत कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मिति (साउन ६ गते) ले ३० दिनभित्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरमा दरखास्त फाराम बुझाउन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्