बायुसेवा निगम डुबाउने अधिकारीको डरलाग्दो खेल « Arthapath.com
१९ श्रावण २०७९, बिहीबार

बायुसेवा निगम डुबाउने अधिकारीको डरलाग्दो खेल



काठमाडौ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् । अध्यक्ष अधिकारी बिरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो ।

समितिका अध्यक्ष न्यौपानेले आफूलाई अध्यक्ष अधिकारीकाले आर्थिक प्रलोभन दिनुका साथै पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत छानबिन प्रतिबेदन रोक्न बारम्बार दवाब समेत दिएको मन्त्रालय स्रोतले बताएको छ । पर्यटन सचिब न्यौपानेको समितिले तयार पारेको प्रतिबेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वय पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेका ब्यक्ति हुन् । सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने ब्यबसायिक चरित्र र पद अनुकुल आचरण नहरेको प्रतिबेदनमा उल्लेख भएको स्रोतको दाबी छ । पर्यटन सचिब न्यौपानेको समितिले २९ दिन लगाएर तयार पारेको प्रतिबेदन पर्यटन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाएको छ । मन्त्री श्रेष्ठको सचिबालयले भने प्रतिबेदनको अध्यन भईरहेकोले कानुन बमोजिम कारबाही गर्न पछि नहटने बताउँदै आएको छ ।

समितिले दिएको प्रतिबेदनमा कतारको दोहामा रहेको निगमको न्यारोबडी इन्जीन मर्मत र ठेक्कामा समेत अनमियताता गरेको ठहर गरेको छ । ठेक्का दिददा सार्वजनिक खरिद एन पालना नगरेको तथा कोभिडको बेला चाटर उडानको बक्यौता रकम असुल्न नसकेको र त्याबाट अधिकारी आर्थिक लाभ लिएको हुनसक्ने प्रतिबेदनमा उल्लेख गरेको छ ।

यतिमात्र हैन नियमको बिनिमय तथा प्राबधान बिपरित पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सिमाको ख्याल नगरेको लगायतका ५२ बटा आरोप लागेका छन् । अधिकारीलाई लागेको आरोपको कुनै पनि खण्डन गर्न आधार अधिकारी सँग नरहेकोको निगम स्रोतले बताएको छ । पर्यटन सचिब न्यौपानेको समितिलाई १०बटा बियषयमा छानबिन गर्न भनेर मन्त्रालयकै सह सचिब बाबुराम सुबेदी र बिमानस्थालमा महाप्रबन्धक प्रेमनाथ ठाकुर सहितको समिति गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्