यी ८ विकास बैंकको नाफा २६ प्रतिशतले छलाङ, मुक्तिनाथ र गरिमा अर्बपति क्लवमा (विवरण सहित) « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

यी ८ विकास बैंकको नाफा २६ प्रतिशतले छलाङ, मुक्तिनाथ र गरिमा अर्बपति क्लवमा (विवरण सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना हालसम्म राष्ट्रिय स्तरका ८ वटै विकास बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरी सकेका छन् ।

गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण हेर्दा अधिकांश बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । केही विकास बैंकले भने वाणिज्य बैंकको भन्दा उल्लेख्य रुपमा नाफा बढाएका छन् । केही विकास बैंकको जति पनि वाणिज्य बैंकले पनि नाफा आर्जन गर्न सकेका छैनन् । रकमका आधारमा बढी नाफा गर्नेमा मुक्तिनाथ बैंक अघि देखिए पनि नाफा वृद्धिदर बढाउनेमा लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्टल बैंक अग्र पत्तिमा रहेका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २५.९४ प्रतिशतले बढेर ६ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा भने विकास बैंकको खुद नाफा ५ अर्ब २६ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

विकास बैंकहरुको जगेडा कोष पनि २४.१० ले बढेर १० अर्ब ८ करोड ८७ लाख रुपैयाँ, चुक्ता पुँजी ३१ अर्ब ७३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

खुद नाफा कमाउने बैंकहरु
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सबै भन्दा बढी खुद नाफा कमाउने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैक रहेको छ । समिक्षा अवधिमा बैंकको खुद नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

त्यस्तै, सबै भन्दा बढी खुद नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक रहेको छ । यस अवधिमा बैंकको खुद नाफा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै क्रमश महालक्ष्मी विकास बैंकको ७६.९८ प्रतिशतले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ र ज्योति विकास बैंकको ५.६७ प्रतिशतले बढेर ७० करोड १५ लाख ०३ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४५.२९ प्रतिशतले बढेर ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । सबै भन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको भए पनि खुद नाफा सबै भन्दा बढी बढाउनेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक रहेको छ । महालक्ष्मी विकास बैंकको ७६.९८ प्रतिशत र लुम्बिनी विकास बैंकको ५५.६९ प्रतिशतले खुद नाफा बढाएको हो ।

प्रतिशेयर आम्दानी कस्को कस्तो

त्यस्तै प्रतिशेयर आम्दानीमा सबै भन्दा बलियो मुक्तिनाथ विकास बैंक रहेको छ । चौथो त्रैमाससम्मको अवधिमा आइपुग्दा बैकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै दोस्रो नम्बरमा महालक्ष्मी विकास बैंक रहेको छ ।बैंकले सो अवधिमा आफ्नो प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा पुराएको छ । त्यस्तै क्रमश गरिमा विकास बैंकको २३ रुपैयाँ ०७ पैसा र लुम्बिनी विकास बैंकको २० रुपैयाँ ५७ पैसा रहेको छ ।

साथै, सबै भन्दा कम प्रतिशेयर आम्दानी गर्ने बैंकमा ज्योति विकास बैंक रहेको छ । बैंकको सो अवधिमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, क्रमश साइन रेसुंगा डेभलपमेन्ट बैंकको १७ रुपैयाँ ०७ पैसा र सांग्रिला डेभलपमेन्ट बैंकको १० रुपैयाँ ७९ पैसा रहेको छ ।

चुक्तापूँजी कस्को धेरै

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सबै भन्दा बढी चुक्तापूँजी कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । सो अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेका् छ ।

साथै, क्रमश गरिमा विकास बैंक ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ, ज्योति विकास बैंकको ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ र महालक्ष्मी विकास बैंकको ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष

आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा सबै भन्दा बढी जगेडा कोषमा लुम्बिनी विकास बैंक रहेको छ भने सबै भन्दा कम सांग्रिला डेभलमेन्ट बैंक हरेको छ । लुम्बिनी विकास बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ५८ लाख ४० हजार रुपैयाँ रहेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको ९० करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्