हुण्डी कारोबार गरेको कसुरमा ४ जना विरुद्ध मुद्दा दर्ता « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

हुण्डी कारोबार गरेको कसुरमा ४ जना विरुद्ध मुद्दा दर्ता



काठमाडौं । हुण्डी कारोबार गरेको कसुरमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको हो ।

मुद्दा दर्ता भएकोमा नवराज ढुङगाना , फडिन्द्र ढुंगाना, प्रज्वल ढुंगाना, सुवास जंग पाण्डे रहेका छन् ।
नुवाकोट स्थाई घर भएका नवराज ढुंगानालाई विशेष सुचनाको आधारमा ६७ लाख ९९ हजारसहित पक्राउ गरेको थियो । त्यसै क्रममा थप ३ जना विरुद्ध मुद्दा दर्ता भएको हो ।
फणिन्द्र शिव सर्भिस एण्ड मल्टीपर्पोजका संचालक समेत हुन् र सुवास क्यासमिर कलेक्सनका प्रोपाइटर हुन् ।प्रज्वल हाल जापानमा रहेका छन् ।

उनीहरुले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखि अवैध कारोबार गरी विदेशी विनिमय विपिरितको कसुर गरेको देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्