उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि « Artha Path
२३ श्रावण २०७९, सोमबार

उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

हैजा संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका, ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको तथ्यांक छ ।
सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

हैजाको संक्रमणबाट सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा बच्न सकिने चिकित्सकको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्