विश्व बैंकको साढे १२ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय « Arthapath.com
२९ श्रावण २०७९, आईतवार

विश्व बैंकको साढे १२ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले जापान सरकारबाट प्राप्त हुने ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।

पूर्वी तराईको सिचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि जाापनी येन २२५६ मिलियन २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्