नेपाल टेलिकमको खुद नाफा ८ अर्ब माथि, चुक्तापूँजी १८ अर्ब हुदाँ प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
३० श्रावण २०७९, सोमबार

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब माथि, चुक्तापूँजी १८ अर्ब हुदाँ प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष टेलिकमले सेवा व्यापारबाट ३५ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेकामा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कम्पनीको सेवा ब्यापार ३७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा टेलिकमको अन्य स्रोत्र आम्दानी ६ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ६ अर्ब २७ करोड रुपैयाँबाट रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ, रिजर्भ कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ, विभिन्न कम्पनीको १८ अर्ब ८१ करोड रुपैयाँ, कर्मचारीलाई ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कर्जा पनि उपलब्ध गराएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ३९ रुपैयाँ ६१ पैसाबाट बढेर ४६ रुपैयाँ ५६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५२८ रुपैयाँ १३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्