बालबालिकालाई सचेत गराउने पुस्तक ‘नचिनेको मान्छेसँग जाँदिनँ’ प्रकाशित « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

बालबालिकालाई सचेत गराउने पुस्तक ‘नचिनेको मान्छेसँग जाँदिनँ’ प्रकाशित



काठमाडौं । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालयइन्कलेप्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् ।

जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् । यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन् । एक दिन स्कुल छुट्टी भएपछि उनी कसैकोपर्खाइमा हुन्छिन् । विभिन्न महिलारपुरुषहरू सारालाई ‘आऊ म घर पुर्याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन् । छिमेककै काकीसँग पनि उनी जान मान्दिनन् बरु भिजेरै बस्छिन् । किनभने साराका आमाबाबाले केही मानिसको सूची बनाएका छन् । सूचीमा भएका मानिसले मात्रै सारालाई स्कुल छुट्टी भएपछि घर लिएर जान सक्छन् । उनलाई फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ ? के सारालाई लिन सूचीमा भएकै मान्छे आउलान् कि रु यस्तै जिज्ञासाले भरिएको तथासूचनामुलक कथा निकै रोचक छ ।

बालबालिकामा आत्मविश्वास जगाउनुका साथै यो कथाले बालमनोविज्ञानलाई पनि कलात्मक ढंगले समेटेको छ । लेखक तथा चित्रकार ग्याइस्लरको जन्म १९५८ मा भएको हो । १९८४ मा स्नातक सकेर उनले विभिन्न प्रकाशन गृहमा ग्राफिक डिजाइननिङ र चित्रकारको रूपमा काम गरिन् । १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी उनी हालसम्म बाल पुस्तकका साथै कमिकमा पनि चित्रकारका रूपमा सक्रिय छिन् ।

उनका सचित्र पुस्तकले संवेदनशील मुद्दाको पनि उठान गर्छन्, जस्तो ‘नचिनेको मान्छेसँग जाँदिनँ’ । यसका साथै शैक्षिक चेतना र उत्साहलाई पनि उनले आफ्ना कथामा जोड दिन्छिन् । उनको ‘माई बडी बिलङ्स टु मी फ्रम माई हेड टु टोज’ र ‘माई फिलिङ्स एन्ड मी’ ले जर्मन मेडिकल वुमन्स एसोसिएसनबाट सिल्भर फेदर चिल्ड्रेन्स बुक पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्