शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
१ भाद्र २०७९, बुधबार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैकको झन्डौ ४० हजार कित्ता सेयर आजबाट बिक्रीका आएको छ ।
बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा आएको हो ।

यो सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ ८ गते तोकिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्