नयाँ शाखा कार्यालय संचालनका लागि उपत्यकाको ४ स्थानमा घर भाडामा खोज्दै राष्ट्रिय वाणिज्य बैंक « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

नयाँ शाखा कार्यालय संचालनका लागि उपत्यकाको ४ स्थानमा घर भाडामा खोज्दै राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ ।

एक सूचना निकाल्दै बैंकले काठमाडौं उपत्यकाको ४ स्थानमा शाखा कार्यालय संचालनका लािग घर बहालमा लिन खाजेको जनाएको हो ।

बैंकले काठमाडौं महानगरपालिका –३ लाजिम्पाट, काठमाडौं महानगरपालिका –४ सुकेधारा, ललितपुर महानगरपालिका–१६ मंगलबजार र ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा शाखा कार्यालय संचलान गर्न लागेको हो ।

उक्त स्थानहरुमा नयाँ शाखा कार्यालय संचालनका लागि घर भाडामा दिन इच्छुक घरधनीहरुले आफूले भाडामा दिन चाहेको मासिक रकम उल्लेख गरि घरको चार किल्ला प्रमाणपत्र, जग्गाधनीको प्रमाणपत्र पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, नक्सा लगायतको आवश्यक विवरणसहित बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आजैका मितिले १५ दिनभित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

भाडामा लिन चाहेको घर मुख्य बजारक्षेत्र भित्र पानी, बत्ति, टेलिफोन, पार्किङ् सुविधा, घरको भुई तल्लामा एटीएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य उर्जा उपकरण राख्ने सुविधा लगायतको सुरक्षा एवं बैकिङ्ग व्यवस्था हुनुपर्ने बैंकले जनाएको छ।

उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाईलेट भएको सुविधा २५०० देखि ३००० वर्गफिटसम्मको क्षेत्रफलमा भएको पक्की घर हुनुपर्ने बैंकले जनाएको छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना


प्रतिक्रिया दिनुहोस्