प्रभु बैंकका ग्राहकले काठमाण्डौं नेत्रालयमा सुविधा लिदा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोल्फुटार स्थित काठमाण्डौं नेत्रालय प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सहमति भएको छ । बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा. लि.का तर्फबाट निर्देशक रोहित सैंजुखले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले काठमाण्डौं नेत्रालयमा दिईने सम्र्पूण सेवामा १० प्रतिशत छुट दिइने भएको छ ।
सहमतिअनुसार नेत्रालयमा चेक जाँच गर्ने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।