ग्राहक आकर्षणका लागि बैंकहरुको चाडपर्व लक्षित अफरहरु : कुनको बैंकको कस्ता योजना ? « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

ग्राहक आकर्षणका लागि बैंकहरुको चाडपर्व लक्षित अफरहरु : कुनको बैंकको कस्ता योजना ?




काठमाडौं । नेपालमा चाडपर्वहरु सुरु भएका छन् । यति बेला हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड दशैं, तिहार, छठ लगायतका पर्व नजिकिएको छ ।

यति बेला बैंक तथा वित्तीय संस्थाहरुले पनि चाडपर्व लक्षित गरि विभिन्न योजनाहरु धमाधम ल्याइरहेको छन् । अधिकांश बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिई अफर सार्वजनिक गरेका छन् । बैंकहरुले पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अफर ल्याएका हुन् । बैंकहरुले ग्राहक आकर्षण गर्न नयाँ खाता खोल्न, रेमिट्यान्स, आवास कर्जा, डिजिटल भुक्तानीमा उपहार, क्यासब्याक, बोनस र बीमासम्मका अफरहरु ल्याएका हुन् ।

कुनको बैंकको अफर कस्ता ?

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंकले दशैंतिहार लक्षित क्यास ब्याक अफर ल्याएको छ । बैंकले फोन पे बीचको सहकार्यमा क्यासब्याक अफर ल्याएको हो ।

बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म वा १०० रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको जनाएको छ । अफरमा सहभागीता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दशैं र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ । दसैं लक्षित यस अफर असोज ७ देखि शुरु भएर १४ गतेसम्म कायम रहनेछ । यस्तै तिहारलाई लक्षित गरी कात्तिक २ देखि ६ गतेसम्म संचालन हुनेछ ।

सिभिल बैंक

सिभिल बैंकले ‘यस चाडपर्व, लाइफ इजि बनाऔ नगद छोडौ, फोनपे गरौ योजना ल्याएको छ । साथै सिभिल स्मार्ट मोबाइल बैंकिङ बाट फोन पे क्यूआर गरी अतिरिक्त १० प्रतिशत वा २ सय सम्म छुट पाउने सकिने भएको हो । यो योजना असोज ९ गतदेखि कात्तिक १४ गतेसम्म कायम हुनेछ । यस्तै फोन पे मा कारोबार गर्दा भाटभटेनीमा अललिमिटेड सपिङ उपहार योजना पनि ल्याएको छ । यो योजना असोज ८ गतेदेखि कात्तिक १३ गतेसम्म कायम रहने छ । यसमा दैनिक १ हजार देखि २० हजारसम्म उपहार पाउन सकिने छ । यस्तो उपहार भने सातामा ७० जना ग्राहकले पाउनेछन् ।

ग्लोबल आइएमई बैंक

बैंकले ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने योजना ल्याएको छ ।

दशैं अफर अन्तर्गत बैंकले ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान जनाएको छ। यसका लागि असोज महिनाभर ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो ।

यस्तै बैंकका एसटिसी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको सहकार्यमा दशैंका लागि एसटीसी डेबिट कार्ड भएका ग्राहक लक्षित एसटीसी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजनामा कम्तिमा ३ वटा कारोबार गर्ने कार्ड होल्डरलाई ५०० तथा कम्तिमा ६ वटा कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिनेछ ।

प्रभु बैंक

प्रभु बैंकले चाडपर्व लक्षित अफर ल्याएको छ । बैंकले भाटभटेनीमा फोन पे मार्फत भुक्तानी गरेर किनमेल गर्नेलाई उपहार दिने योजना ल्याएको हो ।

बैंकले असोज ८ गतेदेखि सुरु गरेको यो योजना कात्तिक १३ गतेसम्म कायम रहने छ । यसमा हरेक साता ७० जना ग्राहकलाई फोन पे क्यूआरबाट भुक्तानी गर्दा २० हजार ग्राहकलाई १ हजार बराबरको उपहार भौचर दिने जनाएको छ । यस्तै हरेक दिन ५७५ उपहार भौचर सार्वजनिक गर्ने र यो १ हजार बराबरको हुने बैंकको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैकले दशैंतिहार, छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अफर ल्याएको छ । बैंकले पिओएसको माध्यमवाट प्रति कारोबार १ हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना असोज १० गते देखि कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ अधिकतम क्यास ब्याक वा ५सय रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वाइपमा १० अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ अधिकतम क्यास ब्याक वा १ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले वडादशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सेवामा विशेष छुट प्रदान गरेको बैंकले जनाएको छ । सेवा प्राप्तिका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले चाडपर्वमा क्यासब्याक र छुटको अफर ल्याएको छ । बैकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको हो । एनएमबि बैंकले असोज १० देखि दशैंमा वडा डिजिटल धमाका सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा ३०० रुपैयाँ सम्म क्यास ब्याक पाउनु हुनेछ । बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० सम्मको क्यासब्याक पाउन सकिनेछ । बैंकले ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ ।

त्यस्को साथ साथै,इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने.रु. २०० सम्मको क्यासब्याक पाईने छ । त्यसैगरी, असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १०० रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

नबिल बैंक

नबिल बैंकले घर खरिदका लागि ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले दशैं, तिहारको अवसरमा पहिलो घर खरिदकर्ताका लागि मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिने अफर ल्याएको हो ।

बैंकले चाडपर्व लक्षित दशैं तिहार घर कर्जा धामाका अफर अन्तर्गत उक्त सुविधा दिएको छ । यो सामान्य अवस्थामा भने ६० प्रतिशतसम्मको कर्जा व्यवस्था रहेको छ । यसका साथै बैंकले घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि पनि कर्जा दिने बैंकले जनाएको छ ।

नबिल घर कर्जा ३५ वर्षसम्म अवधि रहेको छ । जसअन्तर्गत घर कर्जामा सरल र सानो किस्ताबन्दीबाट पनि कर्जा चुक्ता गर्न सकिने बैंकले जनाएको छ । यसका साथै बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट, निःशुल्क क्रेडिट कार्ड आयोजना पनि ल्याएको छ । यसैविच बैंकले दराजसँगको सहकार्यमा ‘दराज दशैं धमाका’ महोत्सव योजना ल्याएको छ । दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

दराज दसैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्शको लागि सक्रिय गर्नुपर्नेछ ।

एनआईसी एशिया बैंक

चाडपर्व लक्षित गर्दै एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्व लक्षित गर्दै ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ ।

बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स लिने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो योजना असोज १ देखि शुरु भएको छ भने कात्तिक ३० गतेसम्म कायम रहनेछ । यो योजना विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ ।

विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले दसैंका लागि भन्दै क्यास ब्याक अफर ल्याएको छ । ‘दसैंको बहार क्यास ब्याक उपहार’योजना ल्याएको छ । दसैंमा पहिलो अनलाइन पेमेन्ट गर्दा वा पीओएस मार्फत भुक्तानी गर्दा तथा डेबिट कार्यबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ । यो योजना असोज ८ गतेदेखि लागू भएको छ भने १४ गतेसम्म कायम रहने भएको छ ।

सानिमा बैंक

सानिमा बैंकले दशैंतिहार लक्षित ५०० रुपैयाँसम्म क्यास ब्याक दिने अफर ल्याएको छ ।

बैंकको क्रेडिट कार्डको भुक्तानी, मासिक किस्ताबन्दी (इएमआई) बाट गर्दा ५ सय रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो । योजना असोज १ देखि कात्तिक ३० गतेसम्म कायम रहने बैंकले जनाएको छ ।

यस्तै बैंकले ग्राहकहले डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने योजना पनि ल्याएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँ सम्मको छुट पाउनेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खातामा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु पर्नेछ । खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् ।

विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन । यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खातामा न्यूनतम १ लाख मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ । बैंकले आफ्ना फानेपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फानेपे गरौ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, फोनपेबाट क्युआर, आइबिएफटि तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । फोनपे कयुआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्