धमाधम थपिदै सि–आस्वा शुल्क नलिने बैंकको संख्या, यी हुन् आईपीओ भर्दा पैसा नलाग्ने बैंकहरु ! « Arthapath.com
२० आश्विन २०७९, बिहीबार

धमाधम थपिदै सि–आस्वा शुल्क नलिने बैंकको संख्या, यी हुन् आईपीओ भर्दा पैसा नलाग्ने बैंकहरु !



काठमाडौं । पछिल्लो समय सि–आस्वा शुल्क नलिने बैंकको संख्या थपिँदै गएको छ । हालसम्म ७ वटा बैंकहरुबाट सेयर भर्दा शुल्क लाग्दैन ।

हालसम्म सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी, सानिमा, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बैंकहरुले सबै खातामा निःशुल्क सी–आस्वा पाउन सकिने व्यवस्था गरेको हो ।

यी बैंकहरुबाट लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद सेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु नपर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले पनि सि–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थासंगै कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल बैंक, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल, हिमालयन, लक्ष्मी, माछापुच्छ«े, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल इन्भेष्टमेन्टबाट सेयर भर्दा ५ रुपैयाँ शुल्क तोकेका छन् ।

यस्तै, नेपाल एसबिआई, एनएमबि, प्रभु, प्राइम कमर्सियल, स्टान्डर्ड चाटर्ड बैंक र सनराइज बैंकले पनि ५ रुपैयाँ शुल्क लिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्