विधार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलको प्रयास « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

विधार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलको प्रयास



काठमाडौं । डिजी स्कूलले विधार्थीहरूलाई स्मार्ट सिटीको टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले एक कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो समय विश्वमा वढ्दै गएको स्मार्ट सिटीको टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।


२१ औं शताब्दीको युगमा विधार्थीहरू हरेक हिसाबले आफ्नो दैनिकीमा समेत टेक्नोलोजीको प्रयोग गर्नुपर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो। आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन)ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ ।
कार्यक्रममा दशै एवं तिहारको अवसरमा आयोजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किवोर्ड, हेडफोन, कप लगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो ।


सेप्टेम्बर १ देखि अक्टोवर ९ सम्म भएको प्रतियोगितामा काठमाडौं, पोखरा, वुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विधार्थीहरू सहभागी रहेको आयोजक डिजी स्कूलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्