विश्वकै पहिलो हिमालयन नेचुरल कम्पनी ‘असली हिमाली’ को सबैभन्दा किफायती ‘अल इन वान वास’ « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

विश्वकै पहिलो हिमालयन नेचुरल कम्पनी ‘असली हिमाली’ को सबैभन्दा किफायती ‘अल इन वान वास’



काठमाडौं । संसारको पहिलो हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले उत्कृष्ट उत्पादका रुपमा पहिचान बनाउन सफल भएको छ ।

कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट मात्र उत्पादन गरेको, विश्वको पहिलो प्राकृतिक र सबैभन्दा किफायती असली हिमाली अल इन वान वास () उत्कृष्ट उत्पादनका रूपमा पहिचान बनाउन सफल भएको हो ।

एउटै अल इ वान वासले जिउ नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यो खर्चका हिसावले पनि एकदमै सस्तो मानिएको छ । अहिले बजारमा उपलब्ध विभिन्न साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास कम्तीमा पनि १ हजार रुपैयाँभन्दा माथिका छन् । अब असली हिमालीको ७९ पर्ने अल एन पान वास ले प्रतिस्थापन गर्दै गएको छ ।

असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईएको उत्पादनः साबुन, स्याम्पू, कण्सिनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास आम उपभोक्ताको लागि ल्याएको छ।

मात्रै नेपाली कृषि उत्पादन प्रयोग गरिएको मुस्ली, इनर्जी बार, नेचूरल भाईटामीन – सी कयान्डि र अरु खाद्य उत्पादन मध्येः चिया, मह, हुम्ली नुन, बेसार, मसला मिश्रण, सुकेको मुस्ताङ स्याउ र खुरपानी आदि आम उपभोक्ता बीच लोकप्रिय बन्दै आएको छ ।

असली हिमालीको बडि केयर र खाद्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो। असली हिमालीको खाद्य उत्पादन नेपाल सरकारको “खाद्य प्राविधि तथा गुण नियन्त्रण“ र बडि केयरका अवयवहरु अमेरिका को “रजिस्ट्रार कर्पोरेसन“ बाट पनि नियन्त्रण भएको छ।

अरु कम्पनीहरु भन्दा असली हिमालीको गुणस्तरीय प्रतिब्धता निकै फरक र ग्राहकमैत्री छ । ग्राहकहरुले कुनै पनि मन नपराएको असली हिमालीको प्रयोग गरेको सामान र त्यसको बिल एक पल्टसम्म असलीलाई बुझाएमा सो को भुक्तानी भएको रकम बिना कुनै सोधपुछ फिर्ता पाउने छन् । यस्तो प्रतिब्धता दिएर असली ले रसायन र प्लास्टिक मुक्त सामाग्री ग्राहक माझ ल्यायी हरित क्रांति र स्वदेसी उत्पादन उच्च गुणस्तरीय को हुन्छ भन्ने सन्देश दिएको छ ।

असली हिमाली काठमाडौँमा साथिमार्ट को स्टोरहरु (मैतिदेबी, सानेपा, बालकुमरि, टोखा) लगायत लाजिम्पाट, ठमेल, बानेश्वर, पोखरा , जनकपुर , दाङका स्टोरहरुमा तत्काल उपलब्ध छ । साथै अन्लाईन मार्टहरु जस्तैः दराज , ग्यापु मार्केटप्लेस, स्मार्टडोको र सस्तोडिलबाट नि खरिद गर्न सकिन्छ।

Tags :

प्रतिक्रिया दिनुहोस्