नगर बाल संजाल धनगढीले भन्यो पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहि गर « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

नगर बाल संजाल धनगढीले भन्यो पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहि गर



काठमाडौं । नगर बाल संजाल धनगढीले ग्रेडरले कुल्चेर मृत्यु भएकी विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति र र घटनामा संगलन ब्यक्तिलाई कानुज बमोजिम कारबाहि गर्ने माग गरेको छ । बालबालिकाका हितका लागि आवाज उठाउदैं आएको संजालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

कैंलाली धनगढीको हसनपुरस्थित पञ्चोदय मा.बि. कक्षा ८ मा अध्यनरत बैतडी डिलासैनि गाउपालिका वडा न ६ बस्ने गणेश साउदकी छोरि वर्ष १५ कि चेतना साउदको बिहिवार स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएको हो । उनलाई न्यायको माग गर्दै अहिले विद्यार्थी लगायत स्थानिय बिरोधमा सडकमा आएका छन् । जिल्ला प्रशासन कैलालीले सुरक्षा ब्यवस्थालाई ध्यानमा राखि निषेधज्ञा समेत अहिले उक्त क्षेत्रमा लगाएको छ ।

संजालले पिडित परिवारमा उचित क्षतिपुर्ती र घटनामा सङ्गलग्न व्यक्तिलाइ कानुन बमोजिम कडा सजायको सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा भनिएको छ घटनाबाट सिर्जीत परिस्थितिका कारण धनगढिको बालबालिका क्षेत्र अशान्तमय भएको स्थितिमा घटनालाई थप दुखान्त र प्रभावित हुनबाट रोक्न आक्रोश र उत्तेजनालाई नियन्त्रण गर्न विद्यार्थी, शिक्षक, अभिभावकm विद्यालय परिवारमा हार्दिक अनुरोध गर्दछौं

साथै, पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग समेत संजालको रहेको छ । नगर बाल संजाल धनगढीले सुदुरपश्चिम भरीका बालबालिकाका लागि सक्रिय भई कार्य गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्