अरुण भ्याली हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

अरुण भ्याली हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारितपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्