अझैं आएन नेप्सेमा सुधार, किन अस्ताउँदै छ शेयर बजार ? « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

अझैं आएन नेप्सेमा सुधार, किन अस्ताउँदै छ शेयर बजार ?



काठमाडौं । शेयर बजारमा खुम्चिने क्रमले निरन्तता पाएको छ । शेयर बजार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पछि सुधार आउने आशामा बसेका लगानीकर्ता एकल बहुमत कुनै दलको नआउँदा अन्यौलमा बसेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुनु शेयर बजार ओरालो लागेको आंकलन गर्ने थालिएको छ । ब्याजदर बढाउन नपाउने भने पनिको सकारात्मक मनोबल हुदाँ शेयर बजारमा सुधार आउन सकेको छैन ।

सरकारले आगामी पुस १ गतेदेखि सवारी साधान, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । आयात फुकुवा गरेपनि व्यवसाय चलायमान हुने अवस्था नरहेको हुदाँ लगानीकर्तामा अन्यौल सिर्जना भएको छ ।

लाभांशको सिजन चलेको छ । अर्थतन्त्रका सूचकहरु राम्रा हुँदै गएका, बैंकमा निक्षेप तथा तरलता पनि बढ्दो क्रममा रहेको र अर्थतन्त्र सुधार हुँदै गएको भएको हुदाँ विस्तारै लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दै जाने जानकारहरु बताउछन् ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ब्याजदर बढ्न नदिने स्पष्टसँग पारेसँगै ब्याजदर घट्दै जाने अनि प्रणालीमा निक्षेप बढ्दै जाँदा यसको सकारात्मक प्रभाव सेयर बजारमा पार्ने आंकलन गरीएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको थियो ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार १२ उपसूचक राताम्य भएको छन् । आज होटल तथा पर्यटन समूहको शेयर मूल्य ०.०१ प्रतिशतले बढेको हो । साथै, बैंकिङ समूहको १.२८ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशथ, फाइनान्स समूहको १.२७ प्रतिशत, लाइफ इन्स्योरन्स समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज सानिमा बैंकको प्रोमोटर शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६७ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार खप्तड लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.०९ प्रतिशतले बढेको हो । आज नाडेप लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्