डा. बालकृष्ण चापागाईँसहित यी हुन् प्रेस चौतारीले पुरस्कृत गर्ने ६ जना पत्रकारहरु « Arthapath.com
१८ माघ २०७९, बुधबार

डा. बालकृष्ण चापागाईँसहित यी हुन् प्रेस चौतारीले पुरस्कृत गर्ने ६ जना पत्रकारहरु



काठमाडौं । पत्रकारहरुको साझा तथा लोकप्रिय संगठन प्रेस चौतारी नेपालले ६ जना अग्रज तथा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ ।

प्रेस चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा. बालकृष्ण चापागाईँ पुरस्कृत गर्ने भएको छ । संगठनको सचिवालय बैठकले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

यस्तै, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट लक्ष्मि साहलाई पुरस्कृत गर्ने भएको छ ।

त्यसैगरि सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्टलाई प्रधान गर्ने चौतारीले निर्णय गरेको छ ।

उक्त पुरस्कार संगठनको २५ औँ स्थापना दिवसको अवसरमा आउँदो माघ २२ गते विशेष समारोहका बीच प्रदान गरिने बताइएको छ । सो समारोहमा नेकपा एमालेका उपाध्यक्ष एवं नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

संगठनले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष विभिन्न विधाको पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्