सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश « Arthapath.com
१९ माघ २०७९, बिहीबार

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश



काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएपछि उनी राष्ट्रिय क्रिकेटमा समावेश भएका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको हो ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्